दफा ३९
प्रोवेशन तथा प्यारोल बोर्डको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति निर्माण गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ख) कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड विकसित गर्ने,
(ग) प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नु पर्ने शर्तहरु निर्धारण गर्ने,
(घ) प्रदेश प्रोवेशन तथा प्यारोल बोर्डको काम कारबाहीको सुपरीवेक्षण, नियन्त्रण गर्ने तथा आवश्यकता अनुसार निर्देशन गर्ने,
(ङ) यस ऐन बमोजिम सजाय कार्यान्वयनमा सिफारिस तथा कसूरदारलाई पुनस्र्थापनामा सहयोग गर्न आवश्यक प्रोवेशन अधिकृत वा प्यारोल अधिकृतको रुपमा नियुक्त वा तोक्न सकिने व्यक्तिहरुको सूची निर्माण गर्ने,
(च) प्रोवेशन तथा प्यारोल सम्बन्धी अन्य आवश्यक कुराहरु गर्ने ।
(२) प्रोवेशन तथा प्यारोल बोर्डले आफ्नो काम कारबाही सञ्चालनको लागि आवश्यक पर्ने कार्यविधि आफै निर्धारण गर्नेछ ।
(३) प्रोवेशन तथा प्यारोल बोर्डले आफ्नो काम कारबाहीमा सहयोग पु¥याउनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम गठन गरिएको उपसमितिको कार्यक्षेत्रगत शर्त, कार्यविधि र अन्य आवश्यक कुराहरु प्रोवेशन तथा प्यारोल बोर्डले तोकिदिए बमोजिम हुनेछ ।
(५) प्रदेश प्रोवेशन तथा प्यारोल बोर्डको काम, कर्तब्य र अधिकार तोकिए बमोजिम हुनेछ ।